arrow

पोखरामा पनि रोकियो ‘आदिपुरुष’ को प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Aadipurush.jpg

पोखरा । हिन्दी चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन पोखरामा पनि रोक लगाइएको छ । 

पोखरा महानगरपालिकाले चलचित्र  ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्चिएसम्म सो चलचित्र प्रदर्शनमा रोक लगाएको हो । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरास्थित चलचित्र घरहरुलाई पत्र पठाउँदै यस्तो निर्णय गरेका हुन् । 

महानगरले पोखरास्थित सिनेप्लेक्स, मिडटाउन, श्रीकृष्ण र विन्ध्यवासिनी चत्रचित्र घरलाई पत्र पठाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ