arrow

बालुवाटारमा अन्तिम गृहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
prachanda-madhav-upendra-biplav.jpg

काठमाडौँ । समाजवादी मोर्चा नेपालको घोषणा हुनु अघि चार दलका शीर्ष नेता बालुवाटारमा जुटेका छन् । शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ  । 

आज बिहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लव बालुवाटार पुगेका छन् । 

उनीहरू   प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा रहेका छन् । आज दिउसो ३ बजे समाजवादी मोर्चा नेपालको घोषणा हुँदैछ । उनीहरू घोषणा अघिको अन्तिम गृहकार्यमा लागेका हुन् । 

बैठकमा  माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरू बैठकमा सहभागी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ