arrow

रेशम चौधरी पुगे बालकोट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
kp-sharma-oli-resham-chaudhary-2080-03-04.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरैसमेत धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । 

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग पनि भेटघाट गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ