arrow

बाबुरामले समाजवादी मोर्चाबारे भने –सबैलाई सधै ठग्न सकिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
baburam-bhattarai-new-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माणप्रति आशंका ब्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भएपछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

 ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’ 

 उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका ब्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ 

यसअघि बाबुराम पनि समाजवादी मोर्चामा सहभागी हुने अपेक्षा गरिएको थियो । तर उनको यो अभिव्यक्तिपछि तत्काल उनी मोर्चामा सहभागी हुनेमा शंका उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ