arrow

शुक्रबारदेखि टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विकएन्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
tata-motoes-xchange-weekend-2080-03-07.jpg

काठमाडौँ । काठमाडौँलगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा ‘एक्सचेन्ज विकएण्ड’ विशेष एक्सचेन्ज क्याम्प संचालन हुने भएको छ । 

शुक्रबारदेखि शुरु हुने गरी विशेष एक्सचेन्ज क्याम्प संचालन भइरहेको भन्दै सिप्रदीले सबै ग्राहकलाई शोरुममा पुगेर आफ्ना गाडीसँग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन आग्रह गरेको छ । 

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ ।

 उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्धेश्यले शोरुममा इन्स्योरेन्स सुविधा,  बैंकिंग सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहने सिप्रदीले जनाएको छ । 

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको जनाइएको छ । 

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइने कम्पनीले जनाएको छ । 

यो एक्सचेन्ज विकएन्ड असार १२ गतेसम्म चल्नेछ । थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिने पनि सिप्रदीले जनाएको छ ।  कल गर्न ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ