arrow

टाइटानिक जहाज हेर्न गएका अर्बपतिको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
ocen-gate.JPG

काठमाडौं । टाइटानिक जहाज हेर्न गएका अरबपतिको मृत्यु भएको छ ।

टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको दुखद मृत्यु भएको हो । 

टाइटन पनडुब्बीमा सवार सबै पाँच जना प्रसिद्ध अरबपति थिए। 

यसमा ओशनगेटका सीईओ स्टकटन रश, प्रिन्स दाउद र उनका छोरा सुलेमान दाउद, हमिस हार्डिङ र पल-हेनरी नार्गियोलेट सामेल थिए।

उनीहरू  टाइटन पनडुब्बीबाट डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गहिरो समुन्द्रमा गएका थिए । 

जुन १८ मा अमेरिकी कम्पनी ओशनगेट कम्पनीको यो पनडुब्बी टाइटानिकको भग्नावशेष देखाउन आफ्नो यात्रामा निस्किएको थियो ।

पनडुब्बी यात्रामा निस्किएको २ घण्टामै सम्पर्कविहीन भएको थियो । 

खोज टोलीले टाइटानिक जहाज नजिकै हराइरहेको पनडुब्बीको भग्नावशेष फेला पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ