arrow

मोदीको ‘डिजिटल इन्डिया’ अभियानको प्रशंसा, गुगलले गुजरातमा ग्लोबल फिन्टेक खोल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
narendra-modi-sundar-pichai.jpg

वाशिंगटन । गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्ने भएको छ । गुगल कम्पनीका सीईओ सुन्दर पिचाईले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सो घोषणा गरेका हुन् । 

 उनले मोदी सरकारको प्रमुख अभियान ‘डिजिटल इन्डिया’ का लागि प्रधानमन्त्री मोदीको दृष्टिकोणकोसमेत प्रशंसा गरेका छन् । 

समाचार एजेन्सी एएनआईले सुन्दर पिचाईलाई उद्धृत गर्दै भनेको छ, ‘प्रधानमन्त्री मोदीको अमेरिकाको ऐतिहासिक भ्रमणको क्रममा भेट्न पाउनु सम्मानको कुरा थियो। हामीले भारतको डिजिटाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा मोदीसँग साझा गर्यौं र गुगलले ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्दछौं भन्ने जानकारी पनि दियौं ।’

गुगलका सीईओले भने, ‘डिजिटल इन्डियाका लागि प्रधानमन्त्रीको भिजन समयभन्दा अगाडि थियो र अब म यसलाई अन्य देशहरूले के गर्न खोजिरहेका छन् भन्ने खाकाको रूपमा हेर्छु।’

भारतीय मुलका गुगलका सीईयो अमेरिी राष्ट्रपति जो बाइडेनले दिएको पार्टीमा सहभागी हुने क्रममा सो जानकारी दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ