arrow

जलहरी जोख्नका लागि निकालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
pashupati-jalhari-weight-2080-03-10.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । 

आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेको हो । 

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगि जोख्ने काम भइरहेको छ । 

करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । 

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामेरा जडान गरेको छ भने काठमाडौँ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई स्थलमा राखिएको छ । 

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ