arrow

दिनहुँ नुहाइदिँदा खिइयो पशुपतिको आधाकेजी सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
pashupati-gold.JPG

काठमाडौं । पशुपतिनाथको जलहरीमा राखिएको सुन आधाकेजी खिइएको छ । 

पशुपति क्षेत्र विकास कोष, अख्तियार अनसुन्धान आयोग, नेपाली सेना, सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा गरिएको नापतौलमा आधाकेजी सुन खिइएको पाइएको हो । दिनहुँ दही तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन खिइएको कोषले जनाएको छ । 

आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर सोमबार बिहान जोखेको थियो । जलहरीमा २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो । अहिले जलहरीमा राखिएको सुन करिब एकसय साढे सात केजी भएको पाइएको छ ।

जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । राष्ट्र बैङ्कबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेको थियो । अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । जलहरीका लागि राष्ट्र बैङ्कबाट १ सय ३ केजी ७ सय ७३ ग्राम सुन खरिद गरिएको थियो।

भने सदनमा त्यस समयका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपारदर्शी काम गरेको भन्दै प्रश्न उठेको थियो ।  सोही विषयलाई लिएर एमालेले सदन अवरोध समेत गरेको थियो ।

यता कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा रुँदै जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ