arrow

रुसी सैन्य विद्रोहबारे खोल्यो अमेरिकाले मुख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
matthu-miller-us-foreign-speaker.jpg

वासिंगटन डीसी । रुसी ‘सैन्य विद्रोह’लाई लिएर अमेरिकाले मुख खोलेको छ। अमेरिकी विदेश मन्त्रालयले सोमबार रुसमा जारी विद्रोहको बारेमा आफ्नो प्रतिक्रिया दिएको हो । 

अमेरिकी विदेश विभागका प्रवक्ता मैथ्यु मिलरले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । साथै अमेरिकाले वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।

राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले युक्रेन र वाग्नर समूहको बारेमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सो कुरा जानकारी दिएका हुन । उनले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको बताए । यति मात्र होइन, आफ्नै येभजेनी प्रिगोजिनले रुस–युक्रेन युद्धको औचित्यमाथि सीधै प्रश्न उठाएको देख्नु पनि नौलो कुरा लागेको उनले बताएका छन् ।

मिलरले भने कि, ‘हामीले पहिले नै उनको झटको बारेमा कुरा गरिसकेका छौं। यद्यपी रुसी अधिकारीहरूले यसबारेमा केही भनेका छैनन् । उनले रुसमा विद्रोहको अन्त्य भइसकेको तर अवस्था ठीक नभएको बताए ।

रुसमा डेढ दिनदेखि चलेको विद्रोहको अन्त्य रहस्यमयी तरिकाले भएको थियो, जुन विद्रोह रुसको निजी सेना वाग्नरले गरेको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएर बेलारुसतर्फ गइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ