- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।
सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो । यसअघि जसपाले चर्को विरोध गर्दै संशोधन नभइ कुनै पनि हालतमा बजेट पारित हुन नदिने भन्दै आएको थियो ।