arrow

चेतावनी दिँदै कार्कीले भने – विश्वासको मत नदिए मध्यावधि चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
hikmatkumar-karki-koshi-chief-minister-2080-02-32.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् । 

बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उनले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गरे । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले  मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिए । 

आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो भन्दै प्रश्न गरेका मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । 

साथै प्रदेशको नामांकनको विषयमा भएको विवाद समाधानका लागि छलफल शुरु भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ