arrow

प्रचण्ड सरकार ढाल्न केपी ओली अमेरिका गुहार्दै, लू नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
donald-lu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरिएको छ । यसका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको सहयोग लिइरहेकोसमेत बुझिएको छ । 

उच्च स्रोतका अनुसार केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्वका लागि सघाउने भएका हुन् । 

ओलीले त्यसका लागि अमेरिकी सहयोग मागिरहेकोसमेत दाबी गरिएको छ । ओलीले प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि केही समयअघिदेखि नै प्रयास गरिरहेको चर्चा बाहिरिएको थियो । 

तर यस विषयमा ओलीले बिहीबारमात्रै पनि राजधानीमा आयोजित एक कार्यक्रममा सरकार ढाल्न कांग्रेससँग कुनै सहकार्य नभएको दाबी गरेका थिए । 

यद्यपि आफू निकटका नेताहरुलाई ओलीले प्रचण्ड सरकार ढाल्न जस्तोसुकै कदम पनि चाल्न सकिने भन्दै सोही अनुसार गर्न निर्देशन दिइसकेका छन् । 

ओलीले अमेरिकी सहयोग माग्दै गर्दा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नै नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी आगामी जुलाई १४ तारिख अर्थात् यही असार २९ गते नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

लू २०७८ सालमा पनि नेपाल आएका थिए । लूले त्यतिबेला अमेरिकी अनुदान सम्झौता (एमसीसी) कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि पहल गर्न आएका थिए । 

तत्कालीन सरकारबाट बहुमत नपुगे सघाउन तयार रहेको बताएर एमसीसी सदनबाट पारित हुने आश्वासन दिएका ओलीले अहिले तिनै लूलाई प्रचण्ड नेतृत्वको सरकार ढाल्नलाई सहयोग मागेको बुझिएको छ । 

लूले नेपाल भ्रमणका क्रममा राजनीतिक तहमा भेटघाट र छलफल गर्ने जनाइएको छ । 

पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढिरहेका बेलामा लूकाे नेपाल भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ