arrow

गोपाल खड्का भ्रष्टाचारी ठहर, एक वर्ष तीन महिना कैद सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
gopal-khadka-final-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । उक्त भ्रष्टाचारको मुद्दामा उनी दोषी ठहर भएका हुन् । 

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । 

बिगो बमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसलासमेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ