arrow

तिनाउ नदीमा बज्यो खतराको घण्टी

logo
नारायण वली,
प्रकाशित २०८० असार १६ शनिबार
tinau-flood-2080-03-16.jpg

रुपन्देही । लामो समयपछि आएको मनसुन यतिबेला देशका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको छ । जसका कारण पहाडमा पहिरो र तराईमा डुबानको खतरा बढ्दै गएको छ ।

यसैक्रममा गएरातिदेखि लुम्बिनी प्रदेशको रुपन्देहीसहितका जिल्लाहरुमा अविरल वर्षा भइरहेको छ । 

वर्षाका कारण बुटवलस्थित रहेको तिनाउ नदीमा शनिबार बिहान ८ बजेसम्म बाढीले सतह पार गरेको बुटवल जलमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जलसतहले खतराको घण्टी बजाएको र तिनाउ नदीको माथिल्लो जलाधार क्षेत्रमा थप वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई बिहान १० बजेसम्म सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ