arrow

सन्धिखर्क गोरुसिँगे सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
Arghakhanchii-hamrakura.jpeg
तस्बिर – फाइल ।

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नं ६ बहखोरमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक बीचबीचमा साना ठूला पहिरोहरु झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरुबीच बाटोमै अलपत्र बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ