arrow

अनियन्त्रित ट्रक मिनिबसहरुसँग ठोक्किँदा कम्तीमा ४८ जनाको मृत्यु, ३० गम्भीर घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
accident-final-1618290232.jpg

नैरोबी । पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु भएको छ ।  

अल जजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुई जना अझै ट्रक मुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु शहरहरू बीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटना बारे स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले  बताएका छन् । ‘दुर्घटनामा तीस जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ।  यद्यपि  पीडितको सङ्ख्या धेरै हुन सक्छ तर अहिले सम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौं’, उनले भने । 

 साथै क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको पुष्टि गरेका छन् । ‘केरिचो तर्फ  गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका माटाटस ‘स्थानीय मिनिबसहरूेमा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्रुहरू र पैदल यात्रुहरूलाई घाइते बनाएको हामीले आशंका गरेका छौँ’, मायेकले भने । 

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने, ‘मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ । एक्कासी ठोक्किएपछि म भागेँ। मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ । गाडीमुनि अन्य शव पनि थिए ।’

भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ