arrow

धादिङ समाजको रक्तदानमा ११४ युनिट रगत सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
dhading samaj pokhara.jpg

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजद्वारा शनिबार पोखरामा आयोजित २०औं खुला रक्तदान कार्यक्रममा एक सय १४ युनिट रगत सङ्कलन भएको छ । 

समाजले स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पहिलो रक्तदाता समाजका सचिव दिनेश तुलाधरलाई व्लडव्याग हस्तान्तण गर्दै कार्यक्रम शुभारम्भ गरेकी थिइन् । 
उक्त अवसरमा अध्यक्ष भण्डारीले पोखरामा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा समाजप्रति आभार व्यक्त गरिन् । उनले धादिङबाट आई पोखरालाई कर्मथलो बनाएर धादिङबासीहरु विभिन्न क्षेत्रमा स्थापित भएकोमा खुसी पनि प्रकट गरिन् । 

अध्यक्ष भण्डारीले पोखरामा रहेका दर्जनौं समाज भन्दा धादिङ समाजको गतिविधि उत्कृष्ट रहेको आफूले पाएको भन्दै धादिङ समाजले गर्ने प्रत्येक गतिविधिमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाइन् ।  

अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले पोखराको प्रत्येक सवालमा धादिङ समाजले उल्लेखनीय काम गर्दै आएको बताए । उनले हरेक वर्ष रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा समाजले उत्कृष्ट योगदान दिएको स्पष्ट पारे ।  

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, संस्थापक अध्यक्ष नवराज दुवाडी, पूर्व अध्यक्ष युवराज खतिवडा, त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, सल्लाहकार रामकृष्ण दुवाडी, त्रिपुरासुन्दरी गाउँपालिका इकाई अध्यक्ष सुदर्शन बसौला, प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी, कार्यक्रम संयोजक भगवती खतिवडालगायतले बोलेका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरुले स्वागत र कार्यक्रम सञ्चालन महासचिव हरि पन्तले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ