arrow

मनकामनामाईकी दिदी छिम्केश्वरीमाईको मन्दिरमा पित्तलको छानो 

logo
सोनी शर्मा,
प्रकाशित २०८० असार १७ आइतबार
chimkeshwarimai-mandir.jpg

तनहुँ । तनहुँको सर्वोच्च उचाइमा रहेको छिम्केश्वरीमाई मन्दिर जीर्णोद्धार गरी पित्तलको छानो छाइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ मा पर्ने छिम्केश्वरीमाई मन्दिर गण्डकी प्रदेश सरकारले घोषणा गरेको ११० पर्यटकीय गन्तव्यमा परेको मन्दिर हो । 

परम्परागत शैलीको यो मन्दिर जीर्णोद्धार गर्न गाउँपालिकाले २२लाख विनियोजन गरी पित्तलको छानो छाउने तथा भुइँमा भक्तपुरे टायल बिछ्याउने कार्य भइरहेको पालिका अध्यक्ष शुक्र चुमानले बताए । उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिएको यो मन्दिर यही आर्थिक वर्ष भित्रै सम्पन्न हुने सम्झौता रहेको छ । 

छिम्केश्वरीमाई मन्दिर समुद्र सतहबाट करिब २ हजार १ सय ३४ मिटर उचाइमा रहेको बताइए पनि पछिल्लो समय पुनः मापन गर्दा २ हजार १ सय ६० मिटर उचाई कायम भएको पनि अध्यक्ष चुमानले जानकारी दिए । 

छिम्केश्वरीमाईलाई गोरखास्थित मनकामनामाईकी दिदीका रुपमा पुजिन्छ । छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि भाकल पूरा हुने भन्दै भक्तजनले बोका र परेवा बली दिने गर्दछन् । फागु पूर्णिमाका दिन यस मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ