arrow

समयमै विधेयक ल्याउन नसकेकोमा सरकारले माग्यो माफी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
dhanaraj-gurung-parliament-2080-03-17.jpg

काठमाडौँ । सरकारले विधेयक ढिलो गरी प्रतिनिधि सभामा पेस गरिएकोप्रति माफी मागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत २० बैशाखमा जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधि सभामा पेस गरिएको छ । 

उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् । 

आइतबार बसेको पहिलो बैठकमा उक्त विधेयक टेबल गरेर दोस्रो बैठकमा सो विधेयकमाथिसैद्धान्तिक छलफल गराएपछि विधेयकको प्रतिसमेत नपाएको भन्दै सांसदहरुले आपत्ति जनाए । 

सोही क्रममा उनीले  विधेयक छापामार शैलीमा ल्याइएको भन्दै सरकारको आलोचनासमेत गरे । 

यसपछि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा पुगेका कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएकोमा माफी मागेका हुन् । 

‘समयमै संसदमा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ । तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानून मन्त्रीको जिम्मेवारी पाएको छु । तर अहंकार चढेको छैन,’ उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ