arrow

महासङ्घ र परिसङ्घको नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता, आपसी सहकार्यमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
fncci-cni-meet-2023.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घ बीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ। महासङ्घले सोमबार परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन्।

महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए।

हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ, उनले भने। महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेस गर्दै छ। यसले सकारात्मक सन्देश दिनेछ, ढकालले भने।

यसै गरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरू बीच पनि सहकार्य आवश्यक रहेको बताए। महासङ्घको स्वागतका लागि धन्यवाद दिँदै उनले भने, हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ।

परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ