arrow

अर्घाखाँची पहिरो  

घरमाथिबाट खसेको पहिरोमा च्यापिएर तीन बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
Arghakhanchii-hamrakura.jpeg

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । 

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । 

पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ । 

मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए । 

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए । 

घरमा छ जना बस्दै आएकोमा दुई जना गोठको काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ