arrow

चिनियाँ राजदूत सङको भनाइको विरोध गर्दै प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
rastriya-ekata-abhiyan-against-chinese-ambassador-speech-2080-03-19.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत छोन सङको अभिब्यक्तिको विरोध गर्दै मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र अनुदानमा निर्माण गरेको बताइरहँदा राजदूत सङले पटक–पटक बीआरआई परियोजनासँग जोडेर उक्त विमानस्थललाई बदनाम गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

अभियानका अध्यक्ष विनय यादवले नेतृत्व गरेको प्रदर्शनमा प्रदर्शनमा हिन्दी अभियानी रमन पाण्डेय, अभियानका वरिष्ठ नेता एवं संविधान सभा सदस्य वीपी यादव लगायतको पनि सहभागिता थियो । 

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भइरहेको गलत प्रचार रोक्न माग गरे। पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको स्मरण गर्दै उनले राजदूतको भनाइ र त्यसको दीर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढाएको बताए ।

यस्तै हिन्दी अभियानी रमन पाण्डेयले यदि चीन नेपालको हितैषी हो भने चीनले पनि ऋण होइन अन्य मित्र राष्ट्र जस्तै नेपाललाई अनुदान सहयोग दिनुपर्नेमा जोड दिए । 

उनले चीनले कम्युनिस्ट नेताहरुको सहयोग र कमिशनमा बीआरआईको ऋण जालमा नेपाललाई फसाउन खोजेको आरोप लगाए । अनुदानमा बनेको पोखरा अन्तराष्ट्रयि एयरपोर्टलाई बीआरआईको भाग बताउनु यो सबै चीनको विस्तारवादी योजना रहेको दाबी गरे । 

कार्यक्रममा अभियानका वरिष्ठ नेता यादवले बीआरआई चीनको षड्यन्त्र भएको र पोखरा विमानस्थललाई अनुदानमा परिणत नगर्ने हो भने संघीय लोकतान्त्रिक हिन्दू गणतत्रको स्थापनाको लागि अगाडि बढ्ने क्रममा चिनियाँ विस्तारवादको विरोध अझ सशक्त गर्ने बताए । 

यसअघि अभियानले राजदूत सङलाई स्पष्टीकरण सोध्न माग गर्दै परराष्ट्र मन्त्री एनपी साउदलाई ज्ञापन पत्रसमेत बुझाएको थियो । 

११ असारमा बुझाइएको ज्ञापन पत्रमा राजदूत सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार गरेकाले स्पष्टीकरण सोध्नुपर्ने अभियानले माग थियो। 

सरकारले भने कुनै कदम उठाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ