arrow

पहिरोले विद्यालयको भवन पुरियो

पठनपाठनमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
Parbati-hamrakura.jpg.jpeg

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।
 
पर्वतको फलेवास नगरपालिका-२ को थापाठानामा आएको पहिरोले  थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । 

असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिरोले विद्यालयको तीन-तीनकोठे दुईवटा भवनमा क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ । 

“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उनले भने । विद्यालयमा पहिरोले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उनको भनाइ छ । 

ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ