arrow

सात दलका शीर्ष नेता बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
7-party-meet-2080-03-21.JPG

काठमाडौं । सात दलका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन् ।  सत्ता गठबन्धनमा आबद्ध दलहरुका शीर्ष नेताहरू बालुवाटारमा जुटेका हुन् । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । 

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन्।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,  जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी लगायत सहभागी छन्।

बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ