arrow

पूर्वराजाको जन्मोत्सव लाँकुरी भञ्ज्याङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको जन्मोत्सव लाँकुरी भञ्ज्याङमा मनाउने भएका छन् । पूर्वराजाको जन्मोत्सव यही असार २३ गते शनिबार पर्छ । 

उनी २००४ साल असार २३ गते जन्मेका थिए । तीन वर्षको उमेरमै चार महिनाका लागि २००७ सालमा राजगद्धी सम्हाल्न पाएका पूर्वराजाले २०५८ देखि २०६५ सालसम्म दोस्रो पटक राजगद्धी सम्हालेका थिए । 

यिनै भाग्मानी राजाले शनिबार आफ्नो जन्मोत्सव मनाउन लागेका हुन् । निर्मल निवास स्रोतका अनुसार उनको जन्मोत्सवमा उनको परिवारका सदस्यमात्र हुनेछन् । 

यसपालि पनि सर्वसाधारणसँग भने भेटघाटको कार्यक्रम नराखिएको स्रोतले जनाएको छ । 

पूर्वराजाको जन्मोत्सवको अवसर पारेर गत सोमबार मात्रै पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोषमार्फत ललितपुरस्थित दलचोकीमा चेरी ब्लोसमका पाँच सय बिरुवा रोपेकी थिइन् । 

बुधबार लाँकुरी पुगेको पूर्वराजपरिवार आइतबारमात्रै काठमाडौँ फर्कने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ