arrow

कोशीको मुख्यमन्त्री काँग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
gathabandhan-2080-03-21.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसका उद्धव थापालाई बनाउने निर्णय गरेको छ । 

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार साँझ ५ बजेसम्म काँग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 


माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताए । 

‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उनले भने, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ