arrow

बस पहाडी सडकबाट खाल्डोमा खस्दा २९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
bus-accident-mexico.JPG

काठमाडौं ।  मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् । 

दुर्घटनाको खबर प्राप्त हुने बित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए । 

दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले जनाए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ