arrow

राहुल गान्धीको पुनरावेदन खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
rahul_gandhi11.JPG

भारत । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ ।

मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको जनाएको छ । 

न्यायाधीश प्रचकले ‘ट्रायल कोर्टको फैसला उचित भएकाले तयसमा हस्तक्षेप गर्न आवश्यक नभएको’ बताएका छन् । नेता गान्धीविरुद्ध कम्तीमा १० वटा आपराधिक मुद्दा विचाराधीन छन् ।

ट्रायल कोर्टको फैसलासँगै नेता गान्धीको सांसद पद पनि खारेज भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ