arrow

लाँकुरी भञ्ज्याङमा पूर्वराजा जन्मोत्सव मनाउँदै, राजावादीहरुको राजगद्धीमा देख्ने कामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
xking-gyanendra-shah.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको जन्मोत्सव लाँकुरी भञ्ज्याङमा मनाइरहेका छन् । पूर्वराजाको जन्मोत्सव आज पर्छ । 

उनी २००४ साल असार २३ गते जन्मेका थिए । तीन वर्षको उमेरमै चार महिनाका लागि २००७ सालमा राजगद्धी सम्हाल्न पाएका पूर्वराजाले २०५८ देखि २०६५ सालसम्म दोस्रो पटक राजगद्धी सम्हालेका थिए । 

यिनै भाग्यमानी राजाले शनिबार आफ्नो जन्मोत्सव मनाइरहेका हुन् । उनको जन्मोत्सवमा उनको परिवारका सदस्यमात्र रहेका छन् । 

बुधबार लाँकुरी पुगेका पूर्वराजाको परिवार आइतबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 

राजावादीहरुको कामना
पूर्वराजाको जन्मोत्सवमा राजावादीहरुले फेरि राजसंस्था फर्कनु पर्ने भनी कामना गरेका छन् । 

विशेष गरी राप्रपाका नेताहरु यसमा लागेको पाइएको छ । त्यस्तै केशरबहादुर विष्टदेखि केही वरिष्ठ सञ्चारकर्मीहरुसमेत राजसंस्था फर्काउने जोडमा लागेका छन् । 

स्रोतका अनुसार पूर्वराजाको संवाद सचिवालयलाईसमेत नयाँ स्वरुपमा ल्याइँदैछ । 

यसैबीच राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले छिटोभन्दा छिटो राजगद्धीमा देख्न पाइयोस् भन्दै पूर्वराजालाई जन्मोत्सवको शुभकामना दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले छिटोभन्दा छिटो राजगद्धीमा देख्ने कामना गरेका हुन् । 

यस्तो लेखेका छन् उनले –

छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस् !

- देश संकट-उन्मुख 'छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।

- मलाई मरिमेटेर 'दास' भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।

- मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका  पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।

- राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै "नवीन समझदारी" मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।

- त्यो "नवीन समझदारी"को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको -- यहाँ व्यक्तिका लागि मात्र होइन -- यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु! देश "नवीन समझदारी"मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ