arrow

विषालु च्याउ खाँदा डोटीका ११ जना बिरामी

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० असार २४ आइतबार
doti-food-poision.jpg

डडेल्धुरा । विषालु च्याउ खाँदा डोटीमा एकै गाउँका ११ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ । 

शनिबार साँझ जंगली विषालु च्याउ खाएर बिरामी परेको बताइएको छ ।

डडेल्धुरा अस्पतालका अनुसार बिरामी सबैको उपचार भइरहेको छ ।

उनीहरूको अवस्था मध्यम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ