arrow

गठबन्धन भाँडिएपछि प्रधानमन्त्रीद्वारा सन्यास लिने घोषणा

सबैभन्दा लामो समयसम्म  नेदरल्यान्ड्सको प्रधानमन्त्री बनेका रुटले सन्यास लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
nether-pm-roots.JPG

काठमाडौं ।  नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

“आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भने । 

गत साताको अन्त्यमा उनको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताएका थिए । सोमबार उनले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गरेका हुन्। 

सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताएका हुन् । 

“म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,” रूटले संसदमा भने । 

“हिजो बिहान अब मध्य-दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ । 

“निर्वाचनपछि नयाँ सरकारले सपथ लिएपछि म राजनीति छोड्नेछु ।”

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्याङ्कन भएको बताएका छन् । 

रुट्टेले शुक्रबार एक पत्रकार सम्मेलनमा आफूसँग पाँचौं कार्यकालका लागि उम्मेदवारी दिने ‘ऊर्जा’ रहेको बताएका थिए । साथै, उनले यस विषयमा आफूले सोच्ने बताएका थिए । सोमबार भने उनले एक्कासी राजनीतिबाट अलग रहने आश्चर्यजनक निर्णय सुनाउनुभएको हो ।

सन् २०१० देखि नेदरल्याण्ड्सको नेतृत्व गर्दै आएका रुट देशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका छन् । 

सत्तामा उनको १३ वर्षको कार्यकालले राजनीतिक संकटको माध्यमबाट सत्तामा उनको क्षमताको लागि उनलाई ‘टेफ्लोन मार्क’ उपनाम दिएको छ । 

बाल हेरचाह अनुदानमा घोटाला भएको एक काण्डका कारण सन् २०२१ जनवरीमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । 

दुई महिना पछि मात्र सत्तामा फर्कनको लागी उनको भीभीडी पार्टीले निर्वाचनमा प्रथम भएपछि छोटो समयमा नै उन सत्तामा फर्किएका थिए ।
  
नयाँ शरणार्थी नीतिमा सत्तारुढ दलबीच सहमति हुन नसकेपछि शुक्रबार साँझ उनको गठबन्धन सरकार ढलेको हो ।

रुटको भीभीडी पार्टीले युद्ध क्षेत्रबाट भागेर आएका शरणार्थीहरूका लागि पारिवारिक पुनर्मिलनलाई सीमित गर्न चाहेको थियो तर चार दलीय गठबन्धनको सबैभन्दा सानो सदस्य क्रिस्टेनयुनीको क्रिष्टियन डेमोक्रेटिक पार्टी र मध्य बामपन्थी डेमोक्रेसी-६६ ले उनको धारणालाई समर्थन नगरेपछि गठबन्धन भाँडिएको हो । 
 



नयाँ