arrow

स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
bus-car-accident.JPG

काठमाडौं । विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ । 

दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ