arrow

चिनियाँ ह्याकरलाई अमेरिकाले ठेगान लगाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
antony-blinken.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनका उच्च कूटनीतिज्ञसँग वासिङ्टनले ह्याकरहरूलाई जवाफदेही बनाउने बताएका छन् । 

जकार्तामा वाङ यीसँगको वार्तामा ब्लिन्केनले अमेरिकी सरकार, अमेरिकी कम्पनी, अमेरिकी नागरिकलाई लक्षित गरी गरिने कुनै पनि कार्य अमेरिकाको लागि गहिरो चासोको विषय भएको र जिम्मेवारलाई जवाफदेही बनाउन उपयुक्त कदम चाल्ने उनले बताए ।

नाम नबताउने शर्तमा ती अधिकारीले ब्लिन्केनले नयाँ मुद्दा उठाएको तर वासिङ्टनका उच्च कूटनीतिज्ञले चीनमाथि प्रत्यक्ष संलग्नताको आरोप लगाएको हो कि भन्ने बारे केही बताएनन् ।

माइक्रोसफ्टले यसै साता चिनियाँ ह्याकिङ समूहले जासुसी गर्ने लक्ष्यका साथ करिब २५ वटा संस्थामा पहुँच प्राप्त गरेको बताएको थियो । 

ब्लिन्केनले बेइजिङको दुर्लभ भ्रमण गरेको एक महिना नबित्दै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठनको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री र उनका चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच कूटनीतिको नयाँ लहरको बावजुद, संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्ना दुई सेनाहरू बीच सञ्चार पुनः शुरु गर्न राजी गर्न असफल भएको छ । यी घटनाहरूलाई चौतर्फी द्वन्द्वमा परिणत हुनबाट रोक्नको लागि महत्वपूर्ण मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ