arrow

बंगलादेशीलाई नेपाली नागरिकता र पासपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
PASSPORTNEPAL.jpeg
काठमाडौं । बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन ।
 
नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेवल पासपोर्ट दियो ।
 
राहदानी पाएपछि हुसेन साउदी अरेविया जान बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिए ।
 
 हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गए ।
 
विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनको यी सबै प्रक्रिया पूरा भए ।
 
नेपाली पटक्कै बोल्न नजान्ने हुसेन ४ वर्ष साउदी बसाइ पछि नेपाल फर्किए । त्रिभुवन विमास्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्‍यो । (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ