arrow

बिमस्टेकमा भाग लिन परराष्ट्रमन्त्री आज थाइल्याण्ड जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
np-saud-2080-02-30.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जादैछन् । 

थाइल्याण्डले आयोजना गर्ने बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् । 

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । 

प्रारम्भिक रूपमा यो सङ्गठन ‘बिस्टेक’ (बंगलादेश-भारत-श्रीलंका-थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो । 

सन्  १९९७  डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई यो सङ्गठन अब बिमस्टेकको रूपमा चिनिन्छ । 

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १:३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । 

उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मङ्गलवार स्वदेश फर्किनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ