arrow

जी-२० को बैठकमा भाग लिन अर्थमन्त्री महत गए गुजरात

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
prakashsaran-_mahat.jpg

काठमाडौं । जी-२० मुलुकका अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नर स्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री महत आज भारतको गुजरात गएका हुन् । 

अर्थमन्त्री महतले गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिने छन् । 

नेपाल जी-२० मुलुकको सदस्य नरहे पनि अतिथि सदस्यका रूपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन् ।

जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नर स्तरीय यो बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । 

अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ