arrow

न्यायका लागि १६ जिल्लामा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
santi-samaj-palpa.JPG

काठमाडौं । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । 

छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाण्डौ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्कीमा गरी १६ जिल्लामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर, जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर, हाम्रो आन्दोलन: सामाजिक न्यायका लागि, दण्डहीनता अन्त्य गर लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

“दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत दण्डहीनता विरुद्धको अभियान जारी राख्ने समाजका सभापति रामकृष्ण बरालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ