arrow

दुई फोन कलमै रुस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
trump-putin.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले  दुई फोन कलमै  रुस र युक्रेनबीच जारी  युद्ध अन्त्य गर्ने दाबी गरेका छन् । ट्रम्पले आफू दोस्रो पटक राष्ट्रपति बने रुस र युक्रेनबीचको युद्धलाई एक दिनमै अन्त्य गर्ने बताएका हुन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुबै असल मित्र भएको बताएका छन् ।   ट्रम्पले भनेका छन्,' यो धेरै गाह्रो काम होइन । म केवल दुई कल गर्न चाहन्छु। एउटा युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई र अर्को रुसका राष्ट्रपति पुटिनलाई। दुवैसँग युद्ध अन्त्य गर्ने एउटै विकल्प हुनेछ।'

उनले जेलेन्स्कीलाई युद्ध अन्त्यका लागि सम्झौता गर्न आग्रह गर्ने र पुटिनलाई युक्रेनसँग सम्झौता नगरे अमेरिकाले युक्रेनमा ठूलो सहयोग गर्ने र रुस युद्धबाट बाहिर निस्कन नसक्ने चेतावनी दिएपछि दुवै देशबीच सम्झौता हुने बताए । 

यसअघि  ट्रम्पले अमेरिकी राष्ट्रपतिले चाहेमा रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य हुन सक्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ