arrow

टीआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थप

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
samsadiya-samiti-jeewan-pariyar.jpg

काठमाडौँ । संसदीय कानून न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ । 

शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो । टीआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । 

सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो । गत ५ जेठमा टीआरसी विधेयकमा दफावार छलफल गरी प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।  

तर प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी उपसमितिका १५ दिन म्याद थपेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ