arrow

सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’ मा नपरेको भन्ने गलत हो : मन्त्री गुरुङ [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
dhanaraj-gurung-2080-04-05.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्नेकुरा गलत भएको बताएका हुन् । 

फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी) को बैठकमा सहभागी सदस्यहरु नेपाल फर्किएपछि नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको खबर सार्वजनिक भएको थियो । 

तर कानूनमन्त्री गुरुङले सो विषय गलत भएको बताएका हुन् । क्यानडामा केही दिनअघि भएको एपीजीको बैठकमा नेपालको तर्फबाट कानून मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव उपस्थित भइ नेपालको तर्फबाट रिपोर्टिङ गरेअनुसार १५ दिनमा एपीजीले रिपोर्ट अध्ययन गरी नेपाललाई जानकारी दिने र आगामी अक्टोबरमा एफएटीएफको पेरिसमा हुने बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने बताए । 

मन्त्री गुरुङले सम्पती शुद्धीकरण सम्बन्धी विषयमा नेपालको लागि बुझ्न आउने विदेशी नियोगका पदाधिकारीहरुलाई संसदीय समितिमा छलफलका क्रममा छ भनेर बुझाउने गरेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ