arrow

प्रचण्ड युरोपमा, चिनियाँ नेता काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
chaina-leader.JPG

काठमाडौँ । नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ टोली आज नेपाल आउँदैछ । माओवादीको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोली आज आउने भएको हो । आज पोलिटव्यूरो सदस्य युयान च्याच्युन नेतृत्वको टोली नेपाल आउनेछ । 

अमेरिकाको एमसीसी परियोजना नेपालमा पहिलो पटक शुरु हुन लागेको बेला युयान काठमाडौँ आउन लागेका हुन् । नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ नेता हुन् ।    

चिनियाँ नेताले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहे पनि प्रचण्ड युरोप भ्रमणमा रहेका छन् । इटाली गएका प्रचण्ड साउनको १२ गते मात्र फर्किने कार्यक्रम रहेको छ । 

युराेपबाट फर्केपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणको आधिकारिक मिति भने तय भएको छैन। युयान नेतृत्वको टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणअघि पनि सीपीसीको टोली नेपाल आएको थियो । सो समय सीपीसीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका नेतासँग भेट गरेका थिए । 

गत साउन ४ मा सीपीसीको चोङ्ग्छिङ्ग नगरका सचिव तथा परराष्ट्र मामिला उप-निर्देशक झाउ यी नेतृत्वको एक टोली नेपाल आएको थियो । चिनियाँ नेता नेपालमा बीआरआई परियोजनालाई सुदृढ बनाउन लागि परेका छन् । यद्यपि नेपाल सरकाले भने बीआरआई परियोजना शुरु नभएको तर प्रकियामा रहेको बताउँदै आएको छ । 

चीनले भने पोखरा अन्तराष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत रहेको भनी प्रचार गरेको छ । नेपाल सरकारले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण भने लिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ