arrow

रुसबाट युक्रेनले आधा भूभाग फिर्ता ल्याएको अमेरिकी दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
antony-blinken-foreign-minister.jpg
तस्बिर – फाइल ।

वासिंग्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् । तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन् । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन् । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्। 

उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।

 युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । 

अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुँदैछ । संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन विशेष मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ