arrow

किन आउँछ साउनदेखि पुससम्म रगत संकलनमा कमी ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
divyaraj-poudel-blood-2080-04-08.jpg

काठमाडौँ । देशभर वर्षायाम शुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो । 

वर्षात्को समय शुरु भएदेखि मंसिर–पुससम्म दैनिक करिब आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए । 

उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताए । 

केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९–८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो । उनले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताए । 

पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरुको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए । 

देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको बताए । 

निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने बताए । 

नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने बताए । 

१८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔँ भन्ने अभियानलाई पनि अघि बढाए ।

निर्देशक पौडेलले पाठ्यक्रममै रक्तदानलाई प्रवद्र्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताए । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताए । 

उनले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गव गर्न लायक प्याकेज ल्याउनुपर्ने बताए । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ