- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँँ । लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको विरोधमा अहिले सामाजिक सञ्जालमा विरोधको आक्रोश बलिरहेको छ ।
लोकसेवा जस्तो पुस्तकमा विद्धान लेखकलेसमेत त्यस्तो गलत शब्दको प्रयोग गरेर तयार गरेको पुस्तकमा प्रतिबन्ध लगाइ लेखकलाई कारबाही गर्नुपर्ने माग गरिएको भए पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान गएको छैन ।
सोही विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) क्रान्तिकारी केन्द्रीयले माइतीघरमा प्रदर्शन गरेको छ ।
सो क्रममा विद्यार्थीहरुले लेखक राम एकलव दासको किताब जलाएर प्रदर्शन गरेका छन् ।