arrow

अमेरिकी झण्डा फहराइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
usa-flag1.jpg

काठमाडौं ।  पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधान कार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा आजदेखि पुनः फहराउने भएको छ । 

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्दैछिन्। 

युनेस्कोमा अमेरिकाको पुनः फिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसकेको छ । 

भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । 

अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उनको अन्तर्राष्ट्रिय भ्रमण बेलायतका राजा रानीको शुभ राज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ । 

शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदा स्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ