arrow

पीडितमाथि दमन, सुन्दैनन् सांसद [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
IMG_0693.jpg


काठमाडौँ । लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । 

संसद भवनभित्र सांसद रहे पनि उनीहरुले पीडितको आवाज सुनेका छैनन् । 

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो । 

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितहरूले सावाँसहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

IMG_0616.jpg
IMG_0609.jpg
IMG_0651.jpg
IMG_0681.jpg
IMG_0687.jpg
IMG_0700.jpg
IMG_0693.jpg
IMG_0648.jpg


नयाँ