- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् ।
शुक्रवार काठमाडौँमा ५८ औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताए । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको बताए ।
उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए । उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए ।
उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन । जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यस कारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुन जुन क्षेत्रबाट भए पनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले कामह जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको बताए ।