arrow

प्रधानमन्त्री हसिनाको भारत भ्रमणका क्रममा तीन पूर्वाधार परियोजना सुरु गरिने

logo
एजेन्सी,
प्रकाशित २०८० साउन २ मंगलबार
pranay-verma-bangladesh-pm-sheikh-hasina.jpg
तस्बिर : फाइल

ढाका। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सेप्टेम्बरमा जी२० शिखर सम्मेलनको लागि भारत भ्रमण गर्दा बङ्गलादेशले भारतीय सहयोगमा तीन ठूला पूर्वाधार परियोजनाहरू सुरु गर्ने भएको छ।

तीन परियोजनाहरूमा; मैत्री सुपर थर्मल पावर प्लान्ट-२, ६५ किलोमिटर लामो खुल्ना-मोङ्ला पोर्ट रेलवे लिङ्क, अखौरा (बंगलादेश) र अगरतला (भारत) रेलवे लिङ्क रहेका छन्।

बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले मङ्गलवार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेर भारत-बङ्गलादेश द्विपक्षीय सम्बन्धमा व्यापक छलफल गरेका थिए।

'उच्चायुक्त वर्माको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग ढाकाको गणभवनमा भएको भेटमा सबै समावेशी भारत-बङ्गलादेश मित्रतालाई अगाडि बढाउँदै भारत-बङ्गलादेश द्विपक्षीय सम्बन्धमा व्यापक छलफल गरेका छन्,' ढाकास्थित भारतीय उच्चायोगले ट्विटरमा भन्यो।

मैत्री सुपर थर्मल पावर प्लान्ट-२ र ६५ किलोमिटर खुल्ना-मोङ्ला पोर्ट रेलवे लिङ्क भारतीय एलओसी (लाइन अफ क्रेडिट) अन्तर्गत लागू गरिएको छ भने अखौरा (बंगलादेश) र अगरतला (भारत) रेलवे लिङ्क भारतीय अनुदान अन्तर्गत बन्ने बङ्गलादेशी सञ्‍चारमाध्यमहरुले रिपोर्ट गरेका छन्।

भेटमा दुवै पक्षले बंगलादेश र भारतबीचको द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तोष व्यक्त गरेका थिए।

बैठकमा भारत र बंगलादेशबीचको टका–रुपैयाँ विनिमय प्रणाली, कनेक्टिभिटी, भारतीय एलओसी अन्तर्गत चलिरहेका आयोजना र अनुदानका विषयमा पनि छलफल भएको थियो। भारतीय उच्चायुक्तले दुई प्रकारका क्रेडिट कार्ड एउटा रुपैयाँ र अर्को टका कार्ड जारी गरिने बताएका थिए।

'दुवै पक्षले यी कार्डहरू जारी गर्नेछन् ताकि दुई देशका मानिसहरूले उनीहरूको भुक्तानीका लागि कार्डहरू प्रयोग गर्न सकुन्,' बीएसएसले वर्मालाई उद्धृत गर्दै भन्यो।

भारतीय राजदूतले बङ्गलादेशलाई स्मार्ट बनाउने प्रधानमन्त्री हसिनाको भिजन–२०२१ र भिजन–२०४१ को पनि प्रशंसा गरे। शेख हसिनाले नयाँ दिल्लीमा हुने जी२० शिखर सम्मेलनमा भारतले विशेष गरी ग्लोबल साउथको लागि आफ्नो आवाज उठाउने कामना गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ