arrow

नेपाली विहारमाथिको हस्तक्षेप भन्दै प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
505e93bd-4f3f-4bbd-8941-570c6f25ff7c.jpg

काठमाडौँ । अमेरिकाको न्यूयोर्कस्थित रूबिन म्युजियमको सहभागीतामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि आज सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा  विरोध प्रदर्शन गरेका छन् ।

‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन् । 

नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरु न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा राखिसकेको छ । रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।

नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्ति तथा अन्य सम्पदाका सामग्रीहरु न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा राखेपछि त्यसको विरोधमा आज असन चोकमा प्रदर्शन भएको छ । 

रुबिन म्युजियमले अझै थप सामग्री नेपालबाट किनेर लैजाने तयारीसमेत गरेपछि त्यसविरुद्धसमेत प्रदर्शन गरिएको हो । 


 

37b4bbf7-7c29-4453-9d0c-cff9e8bfdea6.jpg
505e93bd-4f3f-4bbd-8941-570c6f25ff7c.jpg
e691424c-c6d1-4ce0-89ca-e1e31dff4f1d.jpg
0c12c60b-3848-444e-82a6-8b55fccfe0dd.jpg
b6fd3349-f8ee-45a4-8115-8202d4807d87.jpg
e4503324-92e7-4832-95b0-d47f5fbbb20e.jpg
bfff86ca-167e-4c6d-9abb-4d517e4a83c0.jpg
f10a5b78-f265-4260-987e-c63081734941.jpg
5bb559ef-00f1-43e9-8cb5-0fb835145afd.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ